२१ कार्तिक २०८३, शनिबार

एमालेद्वारा बाराका ४ वटै क्षेत्रमा उम्मेदवार सिफारिस, को को परे ?

12.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १८ असोज । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका ४ बटा क्षेत्रबाट उम्मेदबार चयनको लागि सिफारिस गरिएको छ ।

केन्द्रिय कमिटीको परिपत्र अनुसार यही असोज १८ गते भित्र प्रतिनिधी सभा निर्वाचन क्षेत्रिय समन्वयको बैठकबाट उम्मेदबार चयन गर्न दिइएको निर्देशन अनुसार आज प्रतिनिधी सभाका लागि उम्मेदबार चयन गरीएको हो । यसरी प्रतिनिधी सभा क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री पुषोत्तम पौडेल, एमाले नेता अच्युत मैनाली र प्रमिला चौधरी नाम सिफारीस गरीएको छ । क्षेत्रिय संयोजक ढुण्डिराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर १ मा उम्मेदबार बनाउन सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट छठु प्रसाद यादबको नाम सर्वसहमतीले सिफारीस गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा क्षेत्रिय संयोजक बिक्रम ठाकुरको अध्यक्षतामा बसेको बैठकले एमाले नेता पुरुषोत्तम पौडेल, अध्यानन्द पाण्डे र बिना खडकालाई उम्मेदबार बनाउन सिफारीस गरेको हो । त्यसैगरी क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेलको अध्यक्षतामा बसेको बैठकले बारा क्षेत्र नम्बर ४ लागि देबनारायण चौधरी, नेजमा आलम र बिरेन्द्र प्रसाद साहलाइ उम्मेदबार बनाउन सिफारीस गरेको छ ।

प्रदेशसभा क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर ४(२)बाट अमर यादबलाई सर्वसहमती बाट उम्मेदबार बनाउन सिफारीस गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।