२१ कार्तिक २०८३, शनिबार

डोटीबाट ६४ जनाको नाम सिफारिस

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, १८ असोज । नेपाली कांग्रेसबाट प्रदेशसभा र प्रतिनिधि सभामा उम्मेदवार छनौटका लागि करिब ६४ जनाको नाम सिफारिस भएको छ । दुई वटा क्षेत्र भएको डोटी जिल्लामा क्षेत्र नं १ बाट मन्त्री यज्ञराज पाठक, बीरबहादुर बलायर, नेवि संघ उपाध्यक्ष पुष्पकुमार शाही लगायतको नाम सिफारिसमा परेको छ । यस्तै क्षेत्र नम्बर २ बाट पदमराज जोशी, योगेन्द्रबहादुर शाही, बीरबहादुर जेठारा लगायतको नाम सिफारिसमा परेको छ ।

काँग्रेस डोटीको आज बसेको बैठकले प्रतिनिधि सभाका लागि प्रत्यक्ष तथा सामुनुपातिक उमेदवारको निबेदन केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ । ० प्रतिनिधिसभा प्रत्यक्षतर्फ पुष्प कुमार शाही, बीर बहादुर बलायर, भरत बहादुर खड्का, यज्ञराज पाठक, टेकराज ओझा र प्रसिस महराको नाम सिफारिस गरेको छ ।

० सामानुपातिक तर्फ:
प्रतिमा शाहि, दिपक शाहि, कल्पना शोव (दलित), सीतादेबी चोपडा(अल्पसंख्यक), प्रेमा श्रेष्ठ (जनजाति) र पार्वती चन्दको नाम सिफारिस गरिएको छ ।

० प्रदेश सभा तर्फ:
क्षेत्र न १ बाट प्रत्यक्षतर्फ लक्ष्मण खड्का, राम बहादुर रोकाया, धनश्याम दत्त पाठक, नरबहादुर ढाट, भरत बहादुर कठायत, नरेन्द्रबहादुर सिह, जितबहादुर खड्का, रामप्रशाद उपाध्याय, ललित बहादुर बलायर ,सुशील घर्ती , भरत कठायत, धर्म राज जोशीको नाम सिफारिस गरिएको छ ।

० प्रदेशसभामा सामानुपातिक तर्फ
मुक्तिनाथ शर्मा, कुमार सिह टेलर, कमला देबि बोहरा, डम्बर सिह खड्का, लक्ष्मी धमी रोकाया, नबराज ओझा, पुर्ण बहादुर कठायत, दुर्गा देबि शर्मा, माया देबि कुँवर, रबिन्द्र बागचन्द टेलर , चेत राज उपाध्याय, प्रशिस महरा, रञ्जना बागचन्द सिफारिमा परेका छन् ।

० क्षेत्र न २ बाट प्रदेशसभा
निर्वाचनका लागि प्रत्यक्षबाट पदमराज जोशी, योगेन्द्र बहादुर शाहि, भुमिराज बडु, प्रदिप कुमार देउवा, लक्ष्मिराज पाठक, पदम बहादुर राव, दिर्ध बहादुर बम (रधुराजा), गोरख बहादुर बिष्ट (आनन्द), दुर्गा प्रशाद फुलारा, हर्क बहादुर देउवा, दिल बहादुर बमको नाम परेको छ ।

० प्रदेससभा सामानुपातिक तर्फ
तेज बहादुर पुन मगर, लालबहादुर बि क, पबित्रा भट्ट फुलारा, रश्मि खडायत कुवँर, दिपक बिष्ट, सोपान सिह बोहरा, वीर बहादुर जेठारा, तुलक्षी पातली, दिल बहादुर शाही, कृष्ण दर्लामी, हरिमाया भट्ट, भक्त बहादुर थापा र पार्बति भट्टको नाम परेको छ ।