२१ कार्तिक २०८३, शनिबार

वाम एकताले देउवा सरकारलाई कुनै असर पर्दैन्ः दीनानाथ शर्मा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले वाम एकताको प्रयास र एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको तालमेलले वर्तमान सरकारलाई केही असर नपर्ने स्पष्ट पारेका छन् । उनले भने, ‘सरकार परिवर्तन नगर्ने शर्तमात्रै नै हामीले एमालेसँग गठबन्धन गरेका हौं, तालमेल गरेका हौं ।’

नेता शर्माले वाम तालमेलको प्रयासबारे आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै जानकारी दिएको उल्लेख गर्दै भने, ‘हामीले एमालेसँग वाम तालमेल गर्नेबारे कांग्रेसलाई जानकारी दिएका थियौं, त्यसैले यो कसैका विरुद्ध लक्षित छैन् ।’ उनले देउवा नेतृत्वको सरकारले नै निर्वाचन गराउने स्पष्ट पारे ।

शर्माले भने, ‘यो सरकार दायाँबायाँ हुँदैन, देउवा नेतृत्वको सरकारले नै चुनाव हुन्छ, चुनाव अघि सरकार परिवर्तनको कल्पना पनि गर्न सकिँदैन् ।’ त्यस्तै उनले एमाले र माओवादी केन्द्रवीचको तालमेल र एकता प्रयासबाट कोहीपनि तरँगित हुन आवश्यक नरहेको स्पष्ट पारे ।

शर्माले पार्टीहरु फुटेर अघि बढ्नुभन्दा पनि जुटेर अघि बढ्नु नै राम्रो कदम भएको बताए । उनले भने, ‘यसले त कांग्रेसलाई पनि फाईदा नै पुगेको छ, जनताले एकताबद्ध भएर बढेको हेर्न चाहन्छन्, त्यसैले विचार मिल्नेहरु एक भएर जानु नै बेश हुन्छ ।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न महत्वपूर्ण अवसर आएको समेत विश्वास दिलाए ।

राष्ट्र निर्माणको लागि एक भएर जानको लागि कम्युनिष्टहरु एक ठाउँमा उभिएको उनको तर्क थियो । उनले भने, ‘लोकतन्त्रलाई बलियो बनाउनको लागिपनि पार्टीहरु बलियो हुनुपर्छ, कसैले कसैलाई कमजारे पार्नु हुँदैन् ।’ राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको लागि आफूहरुको एकता हुन लागेको र त्यसको लागि एकता संयोजन समिति समेत गठन भएको शर्माले जानकारी दिए ।