काठमाडौँ, २३ कात्तिक । आइतवार नेपाली बजारमा सुनको मुल्य एकै चोटी १५ सय रुपैंयाले बढेको छ ।
शुक्रवार तोलाको ४९ हजार रुपैंयामा कारोबार भएको सुन आइतबार १५ सय रुपैयाले बढेर ५० हजार पाँच सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानककारी दिएको छ ।
अन्तराष्ट्रिय बजारमा २.६ प्रतिशतले सुनको मुल्य बढेपछि नेपाली बजारमा त्यसको प्रभाव परेको व्यवसायीहरुले बताएका छन् । सुनको मुल्य निरन्तर ओरालो लाग्ने विश्लेषकहरुले अनुमान गर्दै आएका थिए ।
अमेरिकी संघीय बैंकले ऋणपत्र खरिद कार्यक्रमको अन्त्य भएको घोषणा गरेसँगै चुलिएको डलरको भाउको प्रभाव सुन चाँदीमा देखिएको व्यवसायीहरुले अनुमान गरेका थिए ।
डलरको भाउ घटेसँगै लगानीकर्ता पहेँलो धातु छोडेर डलरमा ओइरिएपछि त्यसको प्रत्यक्ष प्रभाव सुनमा परेको उनीहरुको भनाई थियो ।
सुनको मूल्यमा ओरालो लाग्ने क्रम नरोकिने हो भने आगामी केही महिनाभित्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४५ हजारसम्म ओर्लिन सक्ने आंकलन व्यवसायीहरुले गर्दै आएका थिए ।













प्रतिक्रिया