२१ कार्तिक २०८३, शनिबार

क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्न लगाइएको महायज्ञबाट साढे २२ लाख संकलन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १८ असोज (रासस) । यहाँको एक क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्न लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु २२ लाख ८७ हजार ६६६ संकलन भएको छ ।

स्थानीय गढवा बहुमुखी क्याम्पसको स्तरवृद्धिसँगै प्राविधिक शिक्षा सञ्चालनार्थ सोमबारदेखि सो महायज्ञका साथै शैक्षिक महोत्सव–२०७४ शुरु गरिएको हो । जसअनुसार क्याम्पसप्रमुख देवराज पाठकले रु ११ लाख ११ हजार १११, संस्थापक क्याम्पसप्रमुख दीपककुमार यादवले रु पाँच लाख ५५ हजार ५५५ र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मेटमणि चौधरीले रु पाँच लाख ५५ हजार ५५५ दान गरेको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष रविलाल आचार्यले जानकारी दिनुभयो ।

उक्त महायज्ञबाट करिब रु पाँच करोड संकलन हुने र त्यसबाट प्राविधिक शिक्षा सञ्चालन गर्न सहज हुने आयोजक समितिले जनाएको छ । महायज्ञमा पं दीनबन्धु पोखे्रलले कथा वाचन र १०१ राष्ट्रनिर्माण फाउण्डेशन नेपालका अध्यक्ष धु्रवशरण बस्यालले सहवाचन गर्नुभएको छ । ज्ञान महायज्ञ असोज २३ गतेसम्म सञ्चालन हुनेछ ।