१ कार्तिक २०८३, आइतबार

खगेन्द्र जिसीद्वरा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैर आवासीय नेपाली सघं एनआरएनको हुन गईरहेको बिश्व सम्मेलनमा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीले उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

जिसी पेशाले कानून व्यवसायी हुन् । उनी अमेरिकाको न्युयोर्कलाई कार्यक्षेत्र बनाएर विगत ३५ वर्षदेखि वकिल पेशामा संलग्न रहँदै आएका छन् ।

२५ वर्षदेखि आफ्नै ल फर्म क्षेत्री एन्ड एसोसियट्स पीसीमार्फत् अमेरिकामा ल प्राक्टिस गर्दै आएका उनी अमेरिकी भूमिमा पहिलो नेपाली एटोर्नी पनि हुन्

विश्वप्रसिद्ध कोलम्बिया युनिभर्सिटीबाट कानूनमा मास्टर र फोर्डम युनिभर्सिटीबाट जुरिष्ट डक्टरेट गरेका क्षेत्री अमेरिकाका सुपर लयर छन् ।

न्युयोर्कको म्यानहटनमा केन्द्रीय कार्यालय रहेको उनको फर्म यतिबेला न्युयोर्ककै, टेक्सास र क्यालिफोर्नियासम्म फैलिएको छ ।

उहाँको त्यही सेवाका कारण आज हजारौं नेपाली अमेरिकामा कानूनी हैसियतका साथ गौरवपूर्ण जीवन बिताइरहेका छन् ।