१ कार्तिक २०८३, आइतबार

पोर्चुगलका नेपालीले गरे जिसीको परिवारलाई आर्थिक सहयोग

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा छुरा प्रहार गरी हत्या गरिएका पर्वत मल्लाजका हरिबहादुर जि.सी.को परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

गैर आवासीय नेपाली संघ पोर्चुगलको पहलमा नेपालीहरुबाट संकलन गरिएको १० हजार २ सय १० युरो अर्थात् करिब साढे १२ लाख नेपाली रुपैयाँ मंगलबार जिसीकी श्रीमती रुकमणि खड्का जिसीलाई प्रदान गरिएको हो ।

संघका अध्यक्ष कुबेर कार्कीको नेतृत्वमा गएको संघको पदाधिकारी सहितको टोलीले जिसीको घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरेको जनाइएको छ ।

श्रीमान् गुमाएकी खड्का जिसीलाई सहयोग गर्ने उद्धेश्य अनुरुप संघले केही दिन अघिदेखि आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो ।

परिवारको लालनपालन र बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्धेश्यले रकम संकलन गरि सहयोग प्रदान गरिएको अध्यक्ष कार्कीेले बताए ।

जिसीको श्रीमती र एक छोरी पोर्चुगलमै बस्दै आएका छन् भने अर्का एक छोरी भने नेपालमा रहेकी छन् ।

जि.सी.को धादिङ खहरेका अर्जुन सापकोटाले तीन साताअघि मध्यराति राजधानी लिस्बनस्थित क्याम्पो पिक्यानोे मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा हानी हत्या गरेका थिए ।