काठमाडौं, १७ असोज । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं निर्वाचित सांसद अभिषेकप्रताप शाहले पार्टी परित्याग गरेका छन् ।
अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै नेता शाहले मंगलवार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । नेता शाह मधेस आन्दोलनताका नेतृत्वसँग असन्तुष्ट थिए । उनले बेला बेला नेतृत्वविरुद्ध सार्वजनिक रुपमै अभिव्यक्ति समेत दिँदै आएका थिए ।
संविधानसभाका दुईवटै चुनावमा कपिलबस्तु क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष चुनाव लडेर विजयी भएका सांसद पार्टी छाडेर अब नेपाली कांग्रेसमा जाने तयारीमा रहेको स्रोतले बताएको छ । कांग्रेस प्रवेश गरेर मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा उनी कपिलवस्तुबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् ।
उनले फोरम नेपालको नेतृत्वलाई मधेशलाई २ नम्वर प्रदेशमा मात्रै सीमित गरेको, पार्टीबाट समानुपातिक सांसद बनाउँदा ठूलो रकम घोटाला गरेको लगायतका आरोप लगाएका छन् ।















प्रतिक्रिया