१ कार्तिक २०८३, आइतबार

वामपन्थीहरूको ध्रुबीकरणले कांग्रेस आत्तिनु पर्दैन : सापकोटा

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिस्बोन । नेपाली कांग्रेसका युवा नेता कृष्णप्रसाद सापकोटाले एमाले–माओवादी केन्द्रबीच हुन लागेको गठबन्धनलाई लोकतन्त्रमा विश्वास गर्नेहरूले अन्यथा लिन नहुने बताएका छन् ।

पोर्चुगलको लिस्बोनमा रहेका युवा नेता सापकोटाले वामपन्थी दलहरू मिलेर चुनावमा प्रतिस्पर्धा गर्दैमा कांग्रेसलाई कुनै समस्या नहुने बताए ।

‘कांग्रेस र वामपन्थीहरूबीचको कित्ताकाट अनिवार्य छ’, उनले भने, ‘अब कांग्रेसले प्रदेश र संसदको निर्वाचनमा बहुमत ल्याएर वामपन्थीहरूलाई देखाइ दिनुपर्छ ।’

कांग्रेसभित्रको आन्तरिक विवाद र गुटको राजनीतिले गर्दा समस्या उत्पन्न भएको बताएका सापकोटाले भने, ‘सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद पहिला मिलाउनु पर्छ । त्यसपछि कांग्रेस एक ढिक्का भएर निर्वाचनमा भाग लिनुपर्छ ।’

युवा नेता सापकोटाले एमाले–माओवादी केन्द्रबीचको तालमेल र एकताको चर्चाले पोर्चुगलमा पनि तरङ्ग ल्याएको बताए ।

उनले भने, ‘दुई ठूलो वमपन्थी दलहरू मिल्ने खबरले पोर्चुगलमा पनि तरंग ल्याएको छ । नेपालीहरू जम्मा भएको ठाउँमा त्यही विषयमा छलफल हुने गरेको छ ।’