२१ कार्तिक २०८३, शनिबार

दशैंमा रक्सीले मात्तिएर युवाहरुबीच झगडा, खुकुरी हानहान हुँदा तीन घाइते

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १६ असोज (रासस) । ककनी गाउँपालिका– २ ठूलीतित्रीमा खुकुरी प्रहारबाट तीन युवक घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

दशैं पर्वको अवसरमा गएराति मादक पदार्थ सेवन गरी रमाइलो गरिरहेका युवाबीच विवाद बढेर झगडा हुँदा स्थानीयवासी ३७ वर्षीय भीमबहादुर तामाङ, ३४ वर्षीय राजु तामाङ र ३३ वर्षीय सन्तमान तामाङ घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

घाइतेको टाउको, अनुहार, आँखा, हातलगायतका स्थानमा गहिरो चोट लागेको छ । घटनामा संलग्नको पहिचान भइसकेकाले नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।