ओमन। प्रवासी नेपाली मञ्च अोमानको आयोजनामा दशैं बिशेष साँस्कृतिक कार्यक्रमको साथ ओमान स्थित प्रवासी नेपाली हरुले सामूहिक रूपमा दशैं मनाएका छन । सेप्टेम्बर २९ शुक्रबार को दिन ओमान को मस्कट, अलखोयर स्थित अलफाम होटलको हलमा दशैं विशेष कार्यक्रमको आयोजना गरिएको थियो।
ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालको प्रमुख अातिथ्यतामा सम्पन्न उक्त दशै कार्यक्रममा अोमानमा कृयाशिल सबै संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरू पनि अतिथि रहेका थिए । यसरी अतिथीको रूपमा नविन पंगिनी(महामन्त्री नेपाली जन सम्पर्क समिती अोमान), हेम अाचार्य(कार्यवाहक अध्यक्ष जन प्रगतीशिल मञ्च अोमान), छविलाल बस्नेत(अध्यक्ष अोमान नेपाली एकता समाज), डिबी क्षेत्री(मध्य पुर्व संयोजक गैर अावासीय नेपाली संघ), शोभाकान्त लामिछाने(महासचिब अन्तराष्ट्रिय नेपाली एकता समाज), सुरेश खड्का(प्रतिनिधी विवेकशिल दल अोमान), योगेस बानु राई(अध्यक्ष नेपाली समाज अोमान), दीपक श्रेष्ठ (अध्यक्ष गैर अावासीय नेपाली संङ्घ अोमान), पदम अधिकारी( अध्यक्ष सगरमाथा समुह अोमान), सुशिल पुन(महासचिब अन्तर्राष्ट्रिय सहाित्य समाज अोमान च्याप्टर), उमा अचार्य(अध्यक्ष नेपाली महिला समुह अोमान), गोम बहादुर सारू मगर( उपाध्यक्ष नेपली मगर संघ अोमान), चेतकुमार गुरूङ्ग(प्रमूख सल्लाहकार तमु समाज अोमान), संगम सिंह(संयोजक नेपाली ख्रष्टियन फिलोसोफी अोमान), मेखलाल खनाल(अध्यक्ष बाग्लुङ सेवा समाज अोमान), घनश्याम भण्डारी(अध्यक्ष गुल्मी सेवा समाज अोमान), गणेश चोखाल(प्रनिनिधी म्याग्दि सेवा समाज अोमान), प्रेम भट्टराई ( समाजसेवी) र विनेश खनाल (पत्रकार डिसी नेपाल) लगाएतको सम्मान जनक उपस्थिती रहेको थियो ।
कार्यक्रम मा ओमान स्थित प्रवासी नेपाली हरुले राजदूत सर्मिला पराजुली ढकालको हातबाट टीका, जमरा लगाई आशिर्वाद लिएका थिए । झण्डै तिन दर्जन स्थानीय कलाकारहरूको जोडदार प्रस्तुती रहेको उक्त कार्यक्रममा दर्शकहरूको पनि उल्लेख्य उपस्थिती रहेको थियो । जस अनुसार प्रवासी नेपाली मञ्च अोमान साँस्कृतिक विभागको तर्फबाट रञ्जित अाचार्यको(गायन), दीपिका श्रेष्ठको (नृत्य), सोमकृष्ण श्रेष्ठको (अभिनय), अाशिष, अनिल, हर्क र रोशनको(सामुहिक नृत्य) दीपिका र अाशिषको(यूगल नृत्य), श्याम तमाङ्गको( नृत्य) र कृष्ण भूषाल प्यासीको (गजल) रहेको थियो । यसै गरि जन सम्पर्क समितीबाट वेद निधी अाचार्यको (गायन), जनप्रगति शिल मञ्च अोमानबाट तुला गिरीको(गायन), रक्तिम साँस्कृतिक समुह अोमानबाट दिल प्रसाद पौडेलको(गायन), मिरमिरे साँस्कृतिक समुह बाट यूगेश राईको(नृत्य), तमु समाज अोमानबाट जीत गुरूङ र शान्ता गुरूङ्गको( यूगल नृत्य), मगर समाज अोमानबाट महादेव हितांगको (गायन)र यमु अालेको (नृत्य) रहेको थियो । यसै गरी नेपाली समाज अोमानबाट सन्देश राईको(गायन) नेपाली महिला समुह अोमानबाट नानु गुरूङ्गको( नृत्य) र एक सामुहिक नृत्य पनि रहेको थियो । यसरी नै गुल्मी समाजबाट अनुप पाण्डेको (गायन) र राजेश लम्सालको (नृत्य)रहेको थियो । यसै गरि खुल्ला तर्फबाट मुना नेपाल, रोजी लामा, रबीराज बस्नेत, माया तमाङ, विन गुरूङ, धन बहादुर मगर, निशा सुनुवार लगाएतले नृत्य प्रदर्शन गरेका थिए। यसै गरि खुल्ला तर्फै बाट सुजन सुब्बा, मान बहादुर मुरेला र धन बहादुर बाब्लीले पनि गायन तर्फ उपस्थिती जनाउनु भएको थियो । भने जयराज कटुवाल सहितका सुदुर पश्चिमेली नेपाली दाजु भाई तथा दिदी बहिनीहरूले देउडा नृत्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको निम्ति अार्थिक सहायता अर्थात स्पोन्सरको रूपमा ॐ मल्टी ईन्स्टिच्युट काठमाण्डौ, मजान एकस्चेञ्ज र सेञ्चुरी रेमिट रहेका थिए भने मिडिया पाट्नरको रूपमा बज्जिका पत्रकार संघ अोमान र दैनिक नेपाल रहेका थिए । प्रवासी नेपाली मञ्च अोमानका अध्यक्ष क गगन कार्कीको अध्यक्षता रहेको उक्त कार्यक्रममा महासचिब क. सोम कृष्ण श्रेष्ठ, सचिब क. बिश्णु चौंलागाइ र सचिव क. दीपिका श्रेष्ठको सञ्चालन रहेको थियो । महिला विभाग प्रमुख क. पुष्पाञ्जली सुब्बा र सदस्य सञ्झना के. सी. ले प्रमुख अतिथी र अन्य अतिथीहरूलाई ब्याज लगाएर सम्मान गर्नु भएको थियो । मञ्च अध्यक्षले राष्ट्रिय कमिटी सदस्य एवं साँस्कृतिक विभाग प्रुमुख क. राजेन्द्र तिमल्सिनाको संयोजकत्वमा निर्मित कार्यक्रम ब्यबस्थापन समितिको सक्रियतामा उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सफल भएको र समितिका सम्पूर्ण टिम प्रति र कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा लागि पर्ने सम्पुर्ण लाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।






















प्रतिक्रिया