२ कार्तिक २०८३, सोमबार

देवनारायण यादवलाई भारतले फसाउन खोजेपछि एमालेको आपत्ति, माओवादीले लियो ‘एक्शन’

27.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असोज । नेपालको सीमा बचाउन वीरतापूर्वक लडेका सप्तरीका देवनारायण यादवलाई भारतीय प्रहरीले अनाहकमा पक्राउ गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ ।

घटनालगत्तै नेकपा एमाले प्रचार विभाग प्रमुख एवं केन्द्रीय सचिव योगेश भट्टराईले यादवलाई तत्काल रिहा गर्न र नेपाली जनतासमक्ष माफी माग्न माग गरेका छन् । ‘सप्तरी तिलाठीका देबनारायण यादब नेपाली राष्ट्रियता तथा देशभाक्तिपूर्ण आन्दोलनका एक खम्बा र नायक हुन । उनलाई भारतीय सुरक्षाकर्मीले बिनाकारण गिरफ्तार गरेको समाचारले मलाई दुःख लागेको छ ।’, एमाले सचिव भट्टराईले भनेका छन् – ‘सीमानामा नेपालीहरुमाथि भैरहेका यस्ता ज्यादतीको आमनेपालीहरुले निन्दा गर्नुपर्दछ । देबनारायण यादबसहित गिरफ्तार नेपालीहरुलाई तत्काल रिहा गर्न र नेपाली जनतासमक्ष माफी माग्न भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गर्दछु ।’

यादवको पक्राउ परेको घटनाका विषयमा माओवादीले पनि ‘एक्शन’ लिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव समेत रहेका छोरा प्रकाशले घटनाका विषयमा गृहमन्त्री जनार्दन शर्मासँग कुरा भएको जानकारी दिएका हुन् । ‘तिलाठीका भूमिरक्षक देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको घटनाले दुखी तुल्याएको छ । भर्खर अध्यक्षकै अघि माननिय गृहमन्त्रीसँग उहाँलाई छुटाउने बारे कुरा भयो र उहाँले यस्को लागि यहीँबाट उनलाई तत्काल छुटाउन पहल गरिसक्नु भएको कुरा जानकार गराउन चाहन्छु ।’ – प्रकाशले भनेका छन् ।

नेपालको सीमा बचाउन अघिल्लो बर्ष रगत बगाएका देवनारायणलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा भारतको चर्को आलोचना भएको छ ।