२१ कार्तिक २०८३, शनिबार

बसको ठक्करबाट युवतीको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १४ असोज । हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा आज साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।

हेटौँडाबाट चितवन जाँदै गरेको ना ३ ख ७३८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ४०६७ नम्बरको मोटरसाइकललाई मकवानपुरको रमनटारमा आज साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर मनरी गाउँपालिका–७ रमनटारकी १८ वर्षीय जुनु स्याङ्तानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका मनिष लामा गम्भीर घाइते भएका छन् । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । रासस