२१ कार्तिक २०८३, शनिबार

प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दशैंका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।

पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले बली पूजा तथा निसानमा पञ्जा छाप समेत लगाउनु भएको थियो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुस्कार र प्रहरी हवल्दार टंकनाथ गिरीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो ।

उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो ।