१ कार्तिक २०८३, आइतबार

प्रवासी नेपाली मंच युएईद्वारा अलपत्र नेपाली महिला घर फर्काउन सहयोग

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत शिवाकोटी

युएई । एमाले प्रवास संगठन प्रवासी नेपाली मंच युएई ले अलपत्र परेकी नेपाली घरेलु महिलाको उद्दार गर्दै घर फर्कन सहयोग गरेको छ ।

करिब ४ महिना अघि घरेलु कामदारका रुपमा युएई आएकी लेले २ ललितपुरकी सबिना तामाङले युएई आउँदा धेरै ठुलो सपना पालेकी थीइनन । निम्न आयस्तर र बेरोजगारी आदि कारणले युएईमा रोजगारीका खातिर आएकी सबिना कार्यस्थलमा अनेकौं समस्या भएपनि राम्रो हुने आशा गर्दै ३ महिना सम्म अरबिक परिवारको घरमा घरेलु कामदारको रुपमा काम गरिरहिन । घरेलु कामदारको रुपमा भित्रिनु पहिले नै आफुसँग भएको मोवाइल र राहदानी साहुबाट जफत गरिएर युएईमा रहेका आफन्त तथा साथीभाई सँग बिना सम्पर्करहेकी उनी उक्त घरमा बिहान ४ बजेदेखि राति ११ बजे सम्म एक छाक त्यो पनि आधा पेट खाएर काम गरेको बताउँछिन ।

खान नदिने, काम शुरु भएदेखि ३ महिना सम्म तलब नदिने जस्ता साहुका कार्यलाई काम गरेर नै खुशी बनाएर साहुलाई मनकारी बनाउन धाउन्न रहेकी सबिना तब आफु असुरक्षित रहेको महशुस गरि घर छोडने निर्णय गर्न पुगिन जब उनलाई साहुले अरु कसैको घरमा लगेर हातपात गर्दै जबरजस्ती गर्न खोजे । घर छोडेकी सबिनाले बाटामा एक पाकिस्तानी देशका नागरिक भेटिन र उसैलाई सहयोगको याचना गर्दै आफ्नो बुबालाई फोन गरेर आफ्नो बारेमा जानकारी गराइन । तत्पश्चात उनका बुबाले दुवईमा रहेकी बुहारी पर्ने सिता लामालाई फोन गरेर सविनाको बारेमा जानकारी गराउँदै सबिनाले फोन गरेको नम्बर टिपाए र सीताले सबिना सँग सम्पर्क गरेर डयुटी र कठिनाइका बाबजुद सोहि दिन अबुधाबी बाट सारजाहा पुर्याएर तिन दिन सम्म आफ्नो कोठामा आश्रय दिदैं प्रवासी नेपाली मंच युएई सारजाहा राज्य कमिटी सँग सम्पर्क गरिन ।प्रवासी नेपाली मंच युएई रास्ट्रिय कमिटी सदस्य तथा सारजाहा राज्य कमिटीका इन्चार्ज बाबुराम सापकोटाले तत्कालै अन्य साथीहरुको सहयोगमा केहि आर्थिक मदत गरेर सबिनालाई अबुधाबी स्थित नेपाली दुतावासमा पुर्याउन सहयोग गरे ।

गत २१ अगस्ट देखि दुतावासको शरणमा रहेकी सबिना हवाईटिकट गर्न असमर्थ भएका कारण नेपाल जान सकिरहेकी थीइनन । धेरै नेपालीहरुको वास्तविक समस्यालाई नजिकबाट नियालेर शुरुको अवस्था देखि नै प्रवासी नेपाली मंचले निरन्तर सहयोग गर्दै आइरहेको र त्यही कार्यलाई सफल बनाउन दुतावास सँग समन्वय गरेर सबिनालाई नेपाल फर्कने वातावरण बनाएको मंचका कार्यवाहक अध्यक्ष महेश गिरीले जानकारी दिएका छन ।

पछिलो समय प्रवासमा कठिनाइ तथा अलपत्र परेका कामदारका निमित्त सरकारले घोषणा गरेको राहत तथा सहयोग केवल देखाउने दाँत मात्र भएको कारण हवाईटिकट तथा इमिग्रेसनमा लाग्ने खर्च युएई दिराहाम बाह्र सय मंचको तर्फबाट पिडितलाई हस्तान्तरण गरिएको मंचका महासचिव भेसराज ढकालले जानकारी दिएका छन । गत अगस्ट ११ मा नेपाली महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा प्रवासी नेपाली मंच अबुधाबी राज्य कमिटी द्वाराआयोजित सांस्कृतिक कार्यक्रम बाट संकलित भएको रकम मध्ये खर्च कटाएर बाँकि रहेको रकमबाट पुर्व घोषणा गरिए बमोजिम अबुधाबी राज्य कमिटी तथा रास्ट्रिय कमिटीले संयुक्त रुपमा सबिनालाई घर फर्काउन सहयोग गरेको अबुधाबी राज्य कमिटीका अध्यक्ष पुस्कर शर्माले बताए ।

दुतावासमा मंचका प्रतिधिहरुले २८ सेप्टेम्बर २०१७ मा पिडितलाई रकम हस्तान्तरण गरेका थिए । पिडित सबिना तामाङ ले गहभरी आशु झार्दै परदेशमा सहयोगी मनका धनी नेपालीहरु भएका कारण आफु सुरक्षित रहेको र आफ्नो देश फर्कन पाएकोमा खुशी ब्यक्त गरेकी छन । प्रवासी नेपाली मंचलाई विशेष धन्यवाद छ भन्दै उनले अगाडी भनिन, मलाई झुटो आश्वासन दिएर युएई ल्याउने सिन्धुपाल्चोक तथा काठमाडौं दक्षिणढोका घर हुने दिप तामाङ नाम गरेको एजेन्टलाई कानुनी कारवाही गर्न सम्बन्धित सबै सँग सहयोगको अपेक्षा गर्दछु । स्मरण रहोस,सबिनाकी भाउजु सिता लामाले सबिना अलपत्र परे पश्चात एजेन्ट दिप तामाङलाईफोन सम्पर्क गरि पासपोर्टको कपि दिएर सहयोग गर्न अनुरोध गर्दा तिन लाख नेपाली रुँपैया माग गरेको जानकारी दिएकी छन ।