दाङ, १२ असोज । १४ वर्ष कम्लहरी बसेर सांसद समेत बन्न सफल नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरी अझैपनि गरिब छिन् ।
गरिब भएपनि उनले आफ्नो सामाजिक कर्म र सहयोगलाई निरन्तरता दिइरहेकी छन् । उनले विहीबार मात्रै महायज्ञलाई आर्थिक सहयोग गरेकी छन् ।
घोराही ४ लक्ष्मीपुर सुनपुरको शिव मन्दिर निर्माण र आधारभुत बिद्यालयको स्तरोन्नतीका लागि आयोजित महायज्ञमा शान्ता चौधरीले २ हजार १ सय रुपैयाँ सहयोग गरिन् ।
शान्ताका साथै एमाले नेता तथा पूर्व मेयर बलिभद्र रानाले ३३ हजार ३ सय ३३ रुपैया सहयोग गरे ।













प्रतिक्रिया