काठमाडौं, १२ असोज । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका जिल्ला सदस्य एवम् युवा नेता मीनकृष्ण महर्जनलाई क्षत्रीय कार्यसमितिले प्रदेश सभाको लागि पहिलो नम्बरमा सिफारिस गरेको छ ।
मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर १ प्रदेश सभामा क्षेत्र नम्बर १ को ‘ख’तर्फ क्षत्रीय कार्यसमितिको बैठकबाट एक नम्बरमा सिफारिस गरेको हो ।
कांग्रेस युवा नेता तथा जिल्ला सदस्य महर्जनलाई १५ वडामध्य १३ वटा वडाले एक नम्बरमा सिफारिस गरेको थियो ।
ललितपुर कांग्रेसमा लोकप्रिय मानिने युवा नेता महर्जनले यसअघि ललितपुर महानगरपालिकाको मेयरमा समेत दावी गरेका थिए ।
तर, आफूभन्दा सिनियर नेताले मेयर पदका लागि दाबी गरेपछि महर्जनले सहज रुपमा छाडिदिएका थिए ।
ललितपुर क्षेत्र नं. एक को ‘ख’मा नेता महर्जनको बर्चश्व रहेको मानिन्छ ।












प्रतिक्रिया