२ कार्तिक २०८३, सोमबार

भुटानमा भारतलाई हराउँदै च्याम्पियन बनेको नेपाली टोली ट्रफीसहित स्वदेश फर्कियो

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । भुटानमा भारतलाई हराउँदै साफ यू– १८ च्याम्पियनसिप विजेता नेपाली टोली भर्खरै काठमाडौं आइपुगेको छ । भुटानबाट च्याम्पियन बनेर फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।

बुधबार राउन्ड रोविनको अन्तिम खेलमा आज भारतलाई २–० ले हराएपछि नेपाल विजेता बनेको थियो । भारतलाई हराउन दुवै गोल दिनेश हेन्जनले गरेका थिए । दिनेश नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि चुनिए ।

दुई बर्षअघि पनि नेपालले घरेलु मैदानमा भारतलाई हराउँदै साफ यू १९ को उपाधि जितेको थियो ।