२१ कार्तिक २०८३, शनिबार

ट्रकले मोटरसाइकल ठक्कर दिँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ११ असोज (रासस) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका–९ बस्ने १४ वर्षीय हिमाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएको अन्य दुई जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ६ ख ५६०० नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु १० प ६०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।