२१ कार्तिक २०८३, शनिबार

शिक्षामा नीतिगत सुधारको खाँचो छ: शिक्षा राज्यमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ११ असोज (रासस) । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अध्ययनपछि रोजगार पाउन सक्ने गरी शिक्षामा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले अध्ययन गरेका विद्यार्थी अनुत्तीर्ण नहुने गरी सामुदायिक विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । बीचमा नै पढाइ छाडेकालाई स्वरोजगार शिक्षा दिने व्यवस्था गर्नुपर्नेमा उहाँको जोड थियो ।

शिक्षकको वृत्ति विकास विद्यार्थीको शैक्षिक उन्नतिसँग गाँसिनुपर्ने बताउँदै उहाँले राम्रो पढाउने शिक्षकलाई ग्रेड, बढुवा र पुरस्कृत दिनुुपर्छ भन्नुभयो । राज्यमन्त्री अधिकारीले भन्नुभयो “सधैँ विद्यार्थी फेल गराउने शिक्षकलाई निश्चित समय दिएर बिदा गर्नुपर्छ ।”