२ कार्तिक २०८३, सोमबार

कलैया उपमहानगरमा काँग्रेस विजयी, अन्तिममा २ सय मतले पराजित भयो एमाले

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, ११ असोज (रासस) । यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी हुनुभएको छ । यहाँ एमालेले सुरुदेखि नै अग्रता लिइरहेको थियो ।

काँग्रेसका यादवले १० हजार ९०३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद साहले १० हजार ७१६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गर्नुभएको छ ।