पर्सा, ११ असोज । प्रदेश नम्बर दुईको एकमात्र वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।
यहाँ मेयरमा संघीय समाजवादी फोरमको अग्रता कायमै छ । उपमेयरमा भने कांगेसले लिड गरिरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको ८० हजार मतमध्ये विहानसम्म करिब ७० हजार मतगणना भइसक्दा संघीय फोरमका उम्मेदवार विजय सरावगी १८१८ मतले अगाडि छन् । उनले १८ हजार ४९८ मत प्राप्त गर्दा कांग्रेसका अजय द्विवेदीले १६६८० मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार शान्ति कार्की संघीय समाजवादी फोरमकी पिंकी यादवभन्दा १५०४ मतले अगाडि छन् । कांग्रेस उम्मेदवार कार्कीले १८९९१ मत ल्याउँदा फोरमकी पिंकीले १७४८७ मत प्राप्त गरेकी छन् ।
यहाँ मतगणना अन्तिम चरणमा पुग्दा मेयरका लागि कांग्रेस र फोरमबीच कडा प्रतिस्पर्धा भइरहेको छ । बुधबार रातिसम्म अन्तिम मतपरिणाम आइसक्ने बताइएको छ ।
















प्रतिक्रिया