२१ कार्तिक २०८३, शनिबार

१३३ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असोज (रासस) । यही असोज २ गते सम्पन्न भएका प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगन्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र राजविराज नगरपालिकाको मतगणना कार्य जारी छ ।

वीरगन्ज नगरपालिकाको तीनवटा वडाका मतपेटिका खोली मतगणना सुरु भइसकेको छ भने राजविराज नगरपालिकाको पाँचवटा वडाको मतगणना गर्न बाँकी रहेको छ । जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २५६ वडाको मतगणना कार्य सम्पन्न भएको छ र तीनवटै नगरपालिकाको गरी अब १५ वटा वडाहरुको मतगणना गर्न बाँकी रहेको आयोगले जनाएको छ ।