४ कार्तिक २०८३, बुधबार

लगातारको लोडसेडिङले उदयपुर सिमेन्ट उद्योग घाटामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

गाईघाट (उदयपुर), १० असोज (रासस) । पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा जान थालेको छ ।

शुरुका दिनमा नियमित विद्युत् आपूर्तिका कारण नाफामा रहेका सिमेन्ट उद्योग असोजको पहिलो हप्ता विद्युत् आपूर्ति नियमित नभएपछि १५ दिनमा मात्र झण्डै रु दुई करोडभन्दा बढी घाटा ब्यहोर्नुपरेको उद्योगको सिमेन्ट उत्पादन प्लान्ट
विभाग प्रमुख नवलकिशोर साहले बताउनुभयो ।

गत वर्षमात्र उद्योगले रु २५ करोड मुनाफा गरेको र यस वर्ष पनि झण्डै रु १० करोडभन्दा माथि नाफा गरिरहेका बेला अहिले निरन्तर विद्युत् भार कटौतीका कारण रु दुई करोडभन्दा माथि घाटा भइसकेको उद्योग प्रशासनको भनाइ छ ।

नियमित विद्युत् आपूर्तिका लागि आफूहरुले सम्बन्धित निकायमा पटकपटक अनुरोध गरे पनि अझै दैनिक विद्युत् भार कटौती हुन नछाडेपछि अब उद्योग ओरालो लाग्ने अवस्थामा आएको समेत उद्योगका कर्मचारी बताउँछन् ।