सांघाई, १० असोज । चीनको संघाईमा सोमबार भीषण वर्षा भएको छ ।
वर्षाका कारण सांघाईका धेरै ठाँउहरूमा बाढी आएको अधिकारीहरूले बताएका छन् ।
सडकहरूमा झण्डै २५ सेन्टीमिटरसम्म पानी जम्मा भएको र झण्डै २०० वटा पसललाई असर पारेको नगरपालिकाको बाढी नियन्त्रण मुख्यालयले जनाएको छ ।
चोङमिङ जिल्लाको झुक्विओ शहर, पुडोङको नयाँ क्षेत्र र चेङक्विओका दश हजारभन्दा बढी घरपरिवार बाढीका कारण प्रभावित भएको कार्यालयका अधिकारीहरूले जनाएका छन् । – सिन्ह्वा















प्रतिक्रिया