२१ कार्तिक २०८३, शनिबार

सुख्खा पहिरोका कारण तम्घास–रिडी सडकखण्ड अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी ९ असोज (रासस) । सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ ।

रेसुंगा नगरपालिका–१३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध बनेपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडौंसम्म जाने सम्पूर्ण सवारी साधन र सयौँं यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

सडकमाथिबाट सुख्खा पहिरो खसिरहेका कारण सडकमा खसेको पहिरो हटाउन समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभएको छ ।

सडकमा माटोसँगै ठूला/ठूला चट्टान खसेका कारण सडकमा खसेको पहिरो हटाउन पनि लामो समय लाग्नेभएका कारण आज दिनभर नै सडक सुचारु हुने सम्भावना न्यून रहेको बताइएको छ ।