२ कार्तिक २०८३, सोमबार

प्रदेश नम्बर दुईबाट पार्टीको पक्षमा आएको नतिजामाथि एमाले शीर्ष नेताले के भने ?

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते निर्वाचन भएका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको नतिजा आइसकेको छ ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरणमा स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा (एमाले) १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन् ।

यो नतिजामा एमाले प्रदेश नम्बर दुईमा पाँचौ स्थानमा छ । समग्र देशकै नतिजा हेर्ने हो भने अझैपनि एमाले कम्तीमा २५ सीटले पहिलो स्थानमा छ । दुई नम्बर प्रदेशमा ६० सीटसम्म जित्ने प्रक्षेपण गरेको एमाले पाँचौं भएपछि नेताहरुले आफ्नो प्रतिक्रिया जनाइरहेका छन् ।

शीर्ष नेताले के भने ?

केपी ओली (अध्यक्ष)

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको प्रदेश नं २ को मत मरिणामबाट आत्तिनुपर्ने अवस्था नभएको बताए । दुई नम्बर प्रदेशमा मत परिणाम कम आउँदैमा आत्तिनुपर्ने अवस्था नभएको स्पष्ट पारे ।

अध्यक्ष ओलीले निर्वाचनका बेलामा दुई नम्बर प्रदेशमा प्रतिकूल अवस्थामा पनि त्यति मत प्राप्त गरेको र आगामी निर्वाचनमा राम्रो मत प्राप्त हुने विश्वास व्यक्त गरे ।

माधवकुमार नेपाल (वरिष्ठ नेता)

वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताको दुरुपयोग र धाँधली हुँदा सोचेजस्तो नतिजा ल्याउन नसकिएको बताउँदै निराश नहुन कार्यकर्तालाई आह्वान गरे । उनले सत्ताको दुरुपयोग र धाँधलीपूर्ण तरिकाले २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र निराश नभईकन केन्द्र र प्रदेशको निर्वाचनमा राम्रो परिणाम ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिए ।

झलनाथ खनाल (वरिष्ठ नेता)

अर्का वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको टिप्पणी गरे । प्रदेश नम्बर २ को निर्वाचनमा एमालेविरुद्ध सबै दल मिलेर एक्ल्याए पनि अन्ततः एमालेले पाएको नतिजामा सन्तोष गर्ने ठाउँ रहेको बताए ।

स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दल बन्न सफल भएको चर्चा गर्दै उनले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेर एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरे ।