काठमाडौं, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक आइतबार चन्द्रागिरि हिल्समा अनावरण गरेकी छिन् ।
आइतबार चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सभासदलगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।
चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो शालिक ५ फिट ८ इन्चउचाईको छ । मूर्तिकार नवीन सुवेदीले सो शालिक निर्माण गरेका हुन् ।












प्रतिक्रिया