न्युयोर्क, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले ६० जना सम्म मन्त्री बनाउन सकिने बताएका छन् ।
अमेरिकाको कोलम्बिया यूनिभर्सिटीमा विद्यार्थीहरूको सवाल जवाफमा देउवाले संसदको कुल संख्याको १० प्रतिशत मन्त्री बनाउन पाउने अधिकार संविधानले दिएको बताए । उनले भने– ६० जनासम्म मन्त्री बनाउन सकिन्छ ।
अहिले देउवाको मन्त्रिमण्डलमा ५६ सदस्यीय रहेको छ ।
विश्वकै एउटा उत्कृष्ट यूनिभर्सिटीका विद्यार्थीमाझ प्रधानमन्त्रीको यो प्रस्तुति निकै लज्जास्पद थियो । कतिपय प्रश्नको कनिकुथी अंग्रेजीमा जवाफ दिएपनि कतिपयको जवाफ नै दिन सकेनन् ।
प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा आएको मौका पारेर विश्वविद्यालयले सवालजवाफ कार्यक्रम राखेको थियो ।
भिडियोः















प्रतिक्रिया