१ कार्तिक २०८३, आइतबार

ओमनमा ‘मोना’ गठन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओमन । नेपालको म्याग्दीबाट ओमनमा आई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध म्याग्देली नेपालीहरूको २२ सेप्टेम्बर २०१७ शुक्रबारका दिन ओमन मस्कट रुसेल गार्डन्मा भएको भेलाले पूर्णबहादुर बिश्वकर्माको संयोजकत्वमा म्याग्दी प्रवासी संघ ( मोना) को तदर्थ समिति गठन गरेको छ ।

म्याग्देली जिल्लाबासीहरू एकजुट होऔं भन्ने मूल नाराका साथ गठन भएको म्याग्दी प्रवासी संघ ( मोना) ले ओमनमा रहेका म्याग्देलीहरूलाई दुःख सुःखमा सहयोग गर्ने, म्याग्देलीमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने, जिल्लाका सामाजिक तथा परोपकारी अभियानलाई सघाउने उद्देश्यले गठन भएको हो ।

संस्थाको उपसंयोजकहरू गणेश चोखाल, धनबहादुर छन्त्याल, महासचिव ठहरप्रसाद क्षेष्ठ, सचिवमा बलबहादुर किसान, कोषाध्यक्षमा रामचन्द्र केसी रहेका छन् ।

समितिको सदस्यहरूमा अमृत चोखाल, राम घर्ती, विनोद घर्ती, तोपेन्द्र खत्री, राज पुन, याम रोका, चन्द्रबहादुर दर्जी, केशर विक, सोमबहादुर परियार, लीला घर्ती, बुद्धि पाइजा, रामु परियार र क्षेत्र भण्डारी रहेका छन् ।