कलैया, ७ असोज (रासस) । प्रसौनी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षमा राजपा नेपाल विजयी भएको छ ।
भोलाप्रसाद गुप्ताले दुई हजार ४३८ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का विनोद जैसवालले दुई हजार ११३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा राजपाका गीता साहले दुई हजार ५४२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पिन्कीकुमारी साहले एक हजार ५९३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत टीकेन्द्र दाहालले जानकारी दिनुभयो ।













प्रतिक्रिया