राजविराज, ७ असोज । सप्तरीको बोदेबसाइन नगरपालिकामा प्रमुख र उप–प्रमुख दुबैमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।
फोरम नेपालका आतिश सिंह यादवले ४,५४७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अमरेन्द्र यादवले ३,२९८ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा पनि फोरम नेपालकै रञ्जु साह निर्वाचित हुनुभएको छ । साहले ३,७२१ मत प्राप्त गरी राजपा नेपाललाई पराजित गरेको छ ।
उहाँको निकटतम प्रतिद्वन्द्वी राजपाका उपप्रमुखमा रेणु साहले ३,६३७ मत मात्र प्राप्त गर्नुभएको थियो ।












प्रतिक्रिया