२१ कार्तिक २०८३, शनिबार

राजविराज नगरपालिकाको मतगणना स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ७ असोज (रासस) । सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित भएको छ ।

राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सो विवाद उत्पन्नपछि निर्वाचन कार्यालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको उहाँले बताउनु भयो ।

राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिका राखिएको छ ।
यसैबीच जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको र छलफलमा सहमति भए आजैबाट मतगणना पुनःसञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।