२१ कार्तिक २०८३, शनिबार

जलेश्वर नगरपालिकामा राजपा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, ७ असोज (रासस) । जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखमा राजपा नेपाल विजयी भएको छ ।

प्रमुखमा रामशङ्कर मिश्रले पाँच हजार १८० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमका सुरेश साह सोनारले तीन हजार ३६१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै उपप्रमुखमा राजपाकै मुनचुनदेवी महतोले चार हजार ५६६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसका अनितादेवी शर्माले दुई हजार ७१६ मत प्राप्त गर्नुभएको छ ।