
काठमाडौँ, ७ असोज । प्रदेश नम्बर दुईको चुनावमा एमालेले भन्दा धेरै सिट जितेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशले एमालेलाई व्यंग्य गरेका छन् ।
आफ्नो फेसबुक पेजमा सूर्यचिन्ह अंकित टिसर्ट लगाएका बालकसँगको फोटो राख्दै उनले एमालेलाई सांकेतिक रुपमा व्यंग्य गरेका हुन् । उनले लेखेका छन् – ‘बच्चालाई झण्डासहितको क्षणिक बस्त्र र जनतालाई क्षणिक मनोरञ्जन दिएर देशलाई दिर्घकालिन फाइदातिर लग्दैन भन्ने प्रमाणित हुँदैछ, विगत ३ दशकदेखि यो मुलुकले क्षणिक मनोरञ्जन र आनन्द बाहेक के नै पायो र ? कमसेकम आफ्नो भविष्यको सोचौं, आफ्नो सन्ततिको सोचौं ।’
प्रकाशले एमालेको नामै नलिई सांकेतिक रुपमा अर्ती दिएका छन्- ‘यी बालकलाई एउटा टिसर्ट झुण्डाइदिएर न यी बालकले राम्रो शिक्षा पाउँछन् र यिनका अभिभावकले यो टिसर्ट लगाएर रोजगार । अब हरेक नेपालीले सोच्न जरुरी छ ।’

अहिलेसम्मको मतपरिणाम अनुसार, प्रदेश नम्बर दुईमा काँग्रेस पहिलो, माओवादी दोस्रो स्थानमा छ । एमाले अहिलेसम्म पाँचौं स्थानमा छ । एमालेको पोजिशन राम्रो नदेखिएपछि विपक्षीहरुले व्यंग्य गरिरहेका छन् ।















प्रतिक्रिया