अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी यूवा कलाकार निक्की कार्की यौन उत्पीडन को शिकारमा परेकी छिन् । २० वर्षीया किशोरी निक्की कार्कीलाई नेपालीले यौन दुर्व्यवहारको प्रयास गरेका हुन् ।
नर्थ क्यारोलिनाका सुशील नेपाल नामक व्यक्तिले किशोर अवस्थाकि एक कलाकारलाई प्रस्तुति गर्न क्याली फोर्नियाबाट नर्थ क्यारोलिना आउँदा हौसला र प्रोत्साहन गर्नुको सट्टा कुदृष्टि राखी यौन दुर्व्यवहारको प्रयास गरेका हुन् ।
उक्त घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्कीमाथि यौन दुर्व्यहार भएको हो ।
पीडित कार्कीले संस्था कै तर्फबाट आफूले न्याय पाऊ र कारवाहीको माग गर्दै नासा अन्माको संयुक्त सम्मेलनमा आयोजकलाई कुरा राखेको उनले भिडियोमार्फत बताएकी छिन् ।
२ हप्ता बितिसक्दा पनि सो घटनाका आरोपीलाई कुनै सार्वजिक तथा संस्थागत कारवाही नगरिनुले घटनालाई लुकाउन खोजेको महसुस गरी उनले आफ्ना कुराहरु प्रत्यक्ष प्रसारणमार्फत भनेकी छिन् । उनले सबैसंग सल्लाह र सुझाव मागेकी छिन् ।
यत्रो दिनसम्म आफूले पर्खेको र संस्थाबाट नै कुनै ठोस निर्णय नदिएको भन्दै सबै कुरा स्पष्ट पारेको बताएकी छिन् ।
उनले गत सेप्टेम्बर २१ तारिखका दिन उनले सामाजिक संजाल फेसबुकमार्फत पस्डित भएको र पडिामा डुबेको बताएकी छिन् । आयोजक संस्थाभित्र कै सुशील नेपालले गायिका कार्कीमाथि पटक पटक यौन दुर्व्यवहार गर्न खोजेका थिए ।
गायिकालाई के–के भनेका थिए सुशील नेपालले ?
पहिलो, नेपालले कार्यक्रमको दिन बिहान ५ बजे विमानस्थलमा गायिका कार्कीलाई आफ्नो निजी गाडीमा लिन गएका थिए । तर उनले गायिका कार्कीलाई कसैले सोधेमा ट्याक्सीमा आएको भन्नु, म लिन आएको नभन्नु भनेका थिए । कार्कीले त्यो शब्द सुनेपछि ज्यादै पीडामा परेको भिडियोमा उल्लेख गरेकी छिन् ।
दोश्रो, नेपालले पाहुना घरमा पुगीसकेपछि अहिले अतिथि गृहमा कोठा लिन नमिल्ने र आफ्नो कोठामा सपरिवार रहेको बताएका थिए । तर निक्की कोठामा पुगेपछि कोही नभएको र निज व्यक्तिले एकै ओछ्यानमा सुत्न भनेको कुरा उनले बताएकी छिन । बीचमा सिरानी राखेको देख्दा योजना रहेको उनलाई लागेको भिडियोमा पनि जनाएकी छिन् ।
उनी नेपालले भौतिक रुपमा केही गर्छ भन्ने जस्तो लागेर केही गर्यो भने प्रहरीलाई बोलाउछु भनि आफ्नो संचार माध्यम फोनतयार रहेको उनले भिडियोमा पनि बताएकी छिन् ।
तेश्रो, कलाकार निक्कीले आफ्नो कार्यक्रम सकेपछि नेपाल आएर बियर खान आफ्नो कोठामा आग्रह गर्दा आफू कहिले पनि बियर खादिन भनेको समेतले नेपालको नियत प्रष्ट भएको बुझिन्छ । अमेरिकामा २१ वर्षदेखि मात्र मध्यपान गर्न पाइने कानून छ । तर उनले कोठामा गएरसंगै पिउने नियतमाथि अझ शंका उपशंका उब्जिएको छ ।
चौथो, कलाकार निक्कीले गीत गाएर सकिएपछि आफ्नो कोठामा उनको परिश्रम वापत चेक लिन आउन भनेको र आफूलाई अत्यन्त डर तथा असुरक्षित महसुस भएकोले सम्पूर्ण घटनाको जानकारी कार्यक्रम मै भेट हुनु भएकी एक महिलामार्फत आफ्नो पीडा सार्वजनिक गरेको कुरा बताएकी छिन ।
त्यति मात्र नभई प्रहरीलाई समेत गुहार मागेको निक्कीले बताएकी छिन् । प्रहरीले कुनै भौतिक क्षति नपुगाएको र भौतिक आक्रमण तथा स्पर्श नगरेको हुनाले संस्थागत प्रक्रियाबाट नै आउनु भनेकाले अन्तिम निर्णय संस्थाबाट आउने अपेक्षामा रहेको थिए । तर नआएकोले कुरा राखेको भिडियोमा उल्लेख छ ।
स्थापनाकालदेखि अमेरिका कै सबैभन्दा राम्रो र कहिले विवाद नआउने, राजनीतिको गन्ध नआउने नेपालीहरूको संस्था नासा अन्मा पनि विवादमा त्यसै तानिने भएको छ । संस्थाले निर्णय ढिलो गरी दिएको हुनाले कलाकार निक्कीले बाध्य भै सार्बजनिक गरेकी हुन् ।
बिदेशमा नेपालीले नेपालीमाथि त्यसमा पनि एउटा किशोरी यौन दुर्ब्यबहारको शिकारमा पर्नु यो जस्तो दुर्भाग्य केही हुन् सक्दैन । कलाकारहरू राष्ट्रका गहना र सम्पत्ति हुन् भन्ने कुरा केवल फोश्रो नारा मात्रमा सीमित रहनेछ कि भन्ने यो घटनाले देखाएको छ ।
मानवीय नाता, नारी संवेदना, नेपाली आस्था र गौरव सबै गैरआवासीय नेपालीहरूको उद्धेश्यसंग जोडिएकाले यस्ता निन्दनीय घटना नहुन हामी सचेत हुन् जरुरि छ । महिलाहरूको अस्मितामा खेलवाड गर्ने कोहि पनि व्यक्ति कानूनबाट उम्कन नपाउन ।
















प्रतिक्रिया