काठमाडौं, ७ असोज । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले शुक्रवार राजधानीमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गरेको छ ।
अनामनगरस्थित महासंघको कार्यालयमा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, वनमन्त्री विक्रम पाण्डे, खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
मन्त्रीत्रय, राज्यमन्त्री तथा सचिवलाई महासंघका अध्यक्ष शरदुकमार गौचन लगायतका पदाधिकारीहरुले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा निर्माण व्यवसायीहरु सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो । महासंघले प्रत्येक वर्ष विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ ।















प्रतिक्रिया