गौर, ६ असोज । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी मेयरमा निर्वाचित भएका छन् ।
उनले निकतम प्रतिद्वन्द्वी एमालेका उद्व रेग्मीलाई पराजित गरेको हो । त्यस्तै उपमेयरमा एमालेका रामरती चौधरी निर्वाचित भएकी छन् ।
उनले निकतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मी बराललाई पराजित गरेकी हुन् । चन्द्रपुर नगरपालिका एमालेको किल्लाका रुपमा लिइएको थियो । यो नगरपालिकामा कांग्रेसको जितसँगै एमालेको पकड अन्त्य भएको छ ।
औपचारिक घोषणा हुन भने बाँकी रहेको निर्वाचन अधिकृत कमलराज भण्डारीले जानकारी दिए ।
देवाही गोनाही नगरपालिकामा संघीय समाजवादीका धर्मेन्द्र पटेलमा मेयरमा निर्वाचित भएका छन् । उनले ३ हजार २ सय ५५ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रेमलाल शाहले ३ हजार ५० मत ल्याए । उपमेयरमा भने माओवादी केन्द्रकी परणिया देवी विजयी भएकी छन् ।















प्रतिक्रिया