बझाङ, ६ असोज । बझाङको चिर वित्थड गाउपालीका वडा नम्बर ५ मा खाने पानीको चरम समस्या भएको स्थानीयले बताएका छन् ।
पचिर वित्थड गाउँपालिका वडा नम्बर ५ को तल्ला भताडाका स्थानीयबासिन्दा कुँवाको धमीलो फोहोर पानी पिउन बाध्य भएको स्थानीय बासि मञ्जु महरले बताइन् । गाउँमा खानेपानीको धारा नहुँदा ३०–३५ परिवार बुढीतोला भन्ने ठाउँको धमीलो पानी पिउन बाध्य भएका हुन् ।
यो ठाउँमा ३०–३५ परिवारको बसोबास छ । स्थानीय राम महरले भने नजिकै रहेको देउलेख बजारका धेरै जस्तो ब्यापारीहरु पनि यही कुवाको पानी पिउदै आएका छन् ।













प्रतिक्रिया