२१ कार्तिक २०८३, शनिबार

दशैंको अवसरमा यूनाईटेड यूथ क्लब गुलरियाद्वारा खुल्ला रक्तदान

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ५ असोज । विजयादशमी तथा दिपावलीको अवसरमा यूनाईटेड यूथ क्ललब गुलरियाले बिहीवार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

यूनाईटेड यूथ क्ललब गुलरियाको अयोजना तथा नेपाल रेडक्रस सोसाईटी कैलालीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा २९ जना पुरुष र ७ जना महिलाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी कैलालीका शाखाका रक्त संचार प्रमुख धरणी पन्तले ३३ युनिट रगत संकलन गरकोे बताउनुभयो । क्लवका अध्यक्ष कुबेर खड्काले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा यूवा संघ नेपालका केन्द्रिय सचिव वचन बहादुर सिहंले समाजमा रचनात्मक काम गर्ने संस्थाको खाँचो रहेको औल्याए । उनले यूवाहरुले समाजको चाहाना अनुसारका गतिविधि संचालन गर्न आग्रहगर्दै भने यूवाहरुले सामाजिककार्य हरेक प्रकारले गरेतापनि रक्तदान जस्तो अमूल्य जीवनदान कार्य मानविय रुपमा पहिलो प्राथमिकता रहेने भएकाले युवाहरुले रक्तदान जस्तो महान कार्यक्रम गरेर रगत अभावले गर्दा मृत्यु हुने बिरामीको संख्या न्युन हुने बताए ।

यूनाईटेड यूथ क्ललबद्वारा अध्यक्ष कुबेर खडका अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृष्णपुर नगर पालिकाका नगर प्रमुख कर्ण बहादुर हमाल बिशिष्ट अतिथीमा रहनु भएको थियो । कार्यक्रमको अतिथिमा नेपाली काग्रेस कृष्णपुरका नगर सभापति भक्त बहादुर खत्री, नेकपा एमालेका प्रदेश नं ७ का प्रदेश सदस्य जयराज पाण्डेय,नेकपा एमालेका कञ्चनपुर जिल्ला कामिटी सदस्य टेक बहादुर हमाल र लोकेन्द्र प्रसाद पन्त रहेका थिए । संस्थापक अध्यक्ष रोहितजंग कुवरले अतिथीहरुलाई.स्वागत मन्तव्य र क्लवका सदस्य सुरेन्द्र खडकाले कार्यक्रम संचालन गरेका थिए ।