काठमाडौं, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत पछिल्लो मतपरिणामअनुसार प्रदेश नम्बर दुईमा नेपाली कांग्रेसले पुनः अग्रता लिएको छ ।
जारी मतगणनामा अहिलेसम्म १६ तहको नतिजामध्ये कांग्रेसले ६ स्थानीय तहमा जित हात पारेको छ भने ३७ वटामा अग्रता लिएको छ ।
त्यस्तै, नेकपा एमालेले ४ स्थानीय तहमा विजयी हासिल गर्दै १५ स्थानीय तहमा अग्रता लिइ दोस्रो स्थानमा छन् । यसअघि एमालेले कांग्रेसलाई उछिनेको थियो ।
पछिल्लो नतिजाअनुसार माओवादी केन्द्र, समाजवादी फोरम र फोरम लोकतान्त्रिकले समान २–२ स्थानमा विजयी भएका छन् । राजपाले पनि २ स्थानमा जित हासिल गरेको छ ।
कहाँ को विजयी ?
कांग्रेस
- धनुषा, औरही गाउँपालिका:ब्रह्मदेव यादव (२५६९)
- सिरहा, नवराजपुर गाउँपालिका विश्वमोहन प्रसाद यादव २३०३
- धनुषा, जनक नन्दनी गाउँपालिका:अब्दुल बारिक शेख(२७१७)
- सप्तरी, विष्णुपुर गाउँपालिका:निलाम्बर यादव(२१५५)
- रौतहट, परोहा नगरपालिका:शेख वकिल(६४००)
- सर्लाही, धनकौल गाउँपालिका:राम आश्रय साह(४५२१)
एमाले
- सप्तरी, सप्तकोशी नगरपालिका: उत्तम कुमार शर्मा(४३६१ )
- पर्सा, पटेर्वा सुगौली गाउँपालिका:हरिनारायण चौधरी(२९५७)
- धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका:मनोज यादव(३५४०)
- धनुषा, बटेश्वर गाउँपालिका:डम्बर बहादुर राउत(२३७७)
माओवादी केन्द्र
- सिरहा,कर्जन्हा नगरपालिका:गंगा पासवान (४३०९)
- सिरहा,अर्नमा गाउँपालिका: ठकु महतो कोइरी(२४३६)
फोरम लोकतान्त्रिक
- रौतहट,ईशानाथ नगरपालिका: सन्तोष मेहता(५७८५)
- सर्लाही,विष्णु गाउँपालिका:जवाहरलाल यादव(१९४६)
संघीय समाजवादी फोरम
- सिरहा,विष्णुपुर गाउँपालिका:जागेश्वर यादव(१९४०)
- सिरहा,भगवानपुर गाउँपालिका:बेचनप्रसाद यादव(३०५८)
राजपा
- धनुषा, हंसपुर नगरपालिका:रामज्ञान मण्डल (३३२०)
- सर्लाही, कौडेना गाउँपालिका: रामप्रसाद राय यादव(३२४४)















प्रतिक्रिया