१ कार्तिक २०८३, आइतबार

खाद्य संस्थानद्वारा खसीबोकाको मूल्य निर्धारण

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असोज । नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण गर्दैछ ।

दशैँका बेलामा मासुको मूल्यलाई नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट स्वस्थ खसीबोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याउने गर्दछ ।

संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले अहिले मुस्ताङबाट ५०० च्याङ्ग्रा आइसकेकाले त्यसलाई बिक्री गरिने जानकारी दिँदै अरु ५०० च्याङ्ग्रा आउने क्रममा रहेको बताउनुभयो ।

दाङ र हेटौँडाबाट एकहजार ५०० खसी ल्याउन लागेकोमा वर्षाका कारण केही बाटोमा रोकिएका छन् भने २०० खसी काठमाडौँमा आइसकेका छन् ।

यही असोज १० गतेसम्म थापाथलीस्थित संस्थानको गोदामबाट बिक्री वितरण गरिने प्रमुख न्यौपानेले जानकारी दिनुभयो । अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल बढेको छ । रासस