चन्द्रौटा, ५ असोज । कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७४।७५ को लागि ७० करोड ७ लाख बराबरको नीति कार्यक्रम तथा बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको बुधबार चन्द्रौटामा सम्पन्न प्रथम नगर सभामा नगरप्रमुख नेत्रराज अधिकारीले सो बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकालाई समृद्ध, सेवा प्रवाहमा उत्कृट बनाउन भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी लगायतलाई विशेष प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको छ ।
विनियोजित बजेटमध्ये विषयगततर्फ ५० करोड १० लाख २० हजार ९सय रहेको छ । सामाजिक सुरक्षा भत्तातर्फ १२ करोड, समपूरक कोषतर्फ ५० लाख, चालु खर्चतर्फ ५ करोड ४२ लाख ७९ हजार १सय तथा पूँजीगत खर्चतर्फ २ करोड ४ लाख रकम बजेट रहेको छ ।
बजेट प्रस्तुतिसँगै नगरप्रमुख अधिकारीले ऐतिहासिक र पर्यटकीय क्षेत्र रहेको शिवराज नगरपालिकामा पुर्वाधार तथा पर्यटकीय विकासका लागि ठोस कार्यक्रमहरु संचालन गरिने बताउनुभयो ।
नगरक्षेत्रका सडकहरु ब्यवस्थित निर्माण र संचालनका लागि सडक यातायात संजालको बिस्तार गरिने नगरप्रमुख अधिकारीले प्रतिबद्धता जाहेर गर्नुभयो ।
















प्रतिक्रिया