१ कार्तिक २०८३, आइतबार

पोर्चुगलमा आफ्नै नेपालीको हत्या गर्ने सापकोटा लिब्सनबाट पक्राउ

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन (पोर्चुगल) ४ असोज । केहीदिन अघि मात्र पर्वत मल्लाजका हरि बहादुर जिसीलाई छुरा प्रहार गरि हत्या गर्ने धादिङ खहरेका अर्जुन सापकोटा लिस्बनबाट पक्राउ परेका छन् ।

हत्या गरि फरार रहेका सापकोटालाई नेपालीहरुको सकृयतामा मँगलबार दिउँसो एक रेष्टुरेष्टबाट पक्राउ गरिएको हो । उनलाई राजधानी लिस्बनस्थित रोमाभन्ने स्थानमा रहेको पोखरा रेष्टुरेण्टबाट पक्राउ गरिएको गैर आवासीय नेपाली सँघ पोर्चुगलका उपाध्यक्ष कमल गुरुङले जानकारी दिए ।

फरार रहेका सापकोटा रेष्टुरेण्टमा आएपछि सोही रेष्टुरेष्टमा रहेका बिष्णु अवस्थी र अञ्जु गजुरेलले नेपालीहरुलाई खबर गरेका थिए । अवस्थी र गजुरेलको खबरको आधारमा तत्कालै रेष्टुरेष्ट पूगेर सापकोटलाई पक्राउ गरिएको खाजी कार्यमा सकृय रहेका सँघका उपाध्यक्ष गुरुङले बताए । सापकोटा रेष्टुरेष्टमा आएको थाहा पाएपछि तत्कालै यहांको स्थानिय प्रहरीलाई खबर गरिएको थियो ।

नेपालीहरुको सकृयतामा पक्राउ गरिएको सापकोटालाई तत्कालै प्रहरीको जिम्मा लगाईएको छ । यसअघि फरार रहेका सापकोटलाई पक्राउ गर्न स्थानिय प्रहरीले नेपाली समुदायसँग समन्वय गरेको थियो । सापकोटाले जिसी को गत मँगलबार मध्यराती राजधानी लिस्बनस्थित क्याम्पो पिक्यानोे मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा हानीहत्या गरेका थिए ।

मृतक जिसीको मंगलबार नै दाहसँस्कार गरिएको छ ।