काठमाडौं, ४ असोज । साफ युथ–१८ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा भुटानले नेपाललाई हराएको यो पहिलोपटक हो ।
बुधबार घरेलु मैदान थिम्पुमा भुटानले नेपाललाई १–० ले पराजित गर्दै इतिहास रच्यो । ८७ मिनेटमा उर्गेन वान्चुकले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई ऐतिहासिक जित दिलाए । ८५ मिनेटमा नेपाली खेलाडीले डिबक्सभित्र हातले बल रोकेपछि भुटानले पेनाल्टीको अवसर पाएको थियो ।
यसअघि पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।















प्रतिक्रिया