
अमेरिका । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अमेरिका क्षेत्रीय संयोजकमा एसी शेर्पाले उम्मेदवारी दिने भएका छन् ।
एनआरएन अमेरिकाज (उत्तर र दक्षिण अमेरिका) को क्षेत्रीय सहसंयोजक रहेका शेर्पाले आगामी कार्यकालका लागि संयोजकमा उम्मेदवारी दिने तयारी गरेको दैनिक नेपाललाई जानकारी दिए । शेर्पाले दुई दिन अघि नै क्यानडामा आयोजित कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अमेरिकाको वासिङटन राज्यको सियाटलमा बस्दै आएका बस्दै शेर्पा नेपालका लागि अवैतानिक बाणिज्यदूत पनि हुन् । एनआरएनको स्थापनाकालदेखि नै अभियन्ताको रुपमा सक्रिय रहेका शेर्पाले नेपालमा एनआरएन भवन बनाउन अमेरिकाबाट निकै ठूलो योगदान पुर्याउन पुर्याएका थिए ।
आफ्नो व्यस्त समयलाई पनि थाँती राख्दै उनी नेपालमा हुने अनेक प्राकृतिक विपतका पीडितलाई सहयोग गर्नेदेखि एनआरएनका बिभिन्न अभियानमा सहभागी भइरहन्छन् ।
भूकम्पका बेला नेपालका जिल्लामा पुगेका शेर्पाले एनआरएनको सहयोगमा गोरखाको लाप्राकमा निर्माणाधीन बस्ती निर्माण, सिन्धुपाल्चोक र सोलुखुम्बुमा दुईवटा स्कूल बनाउन सहयोग गरेका छन् भने गत महिना तराईका जिल्ला बाढीबाट प्रभावित हुँदा राहत र उद्दारमा स्वयम् सहभागी भएका थिए ।
यसैगरी, उनले सन् २००६ देखि ‘सेभेन समिट’ नामक आफ्नै संस्थाबाट २० हजार भन्दा बढी महिला र बालबालिकालाई स्वास्थ्य सेवामा सहयोग पुर्याएका छन् ।
एनआरएनमा आफूले पुर्याएको योगदानको कदर हुनेमा उनी विश्वस्त देखिएका छन् ।















प्रतिक्रिया