काठमाडौं, ३ असोज । अग्नि ग्रुपले चाडपर्व तथा नाडा अटो शोको अवसरमा आफ्ना भगिनी संस्थाहरु अग्निमोटो इन्कको तथा अग्नि इन्कर्पोरेटेडको लागि क्रमशः “सुनै सुनको वर्षा रानी हारसँगै बिदेश यात्रा” तथा “महिन्द्रा विग, विग्गर विग्गेष्ट अफर” दुई वटा योजना प्रस्तुत गरेको थियो ।
लक्की ड्रको आयोजना नक्सालस्थित आफ्नै शो रुममा गरिएको थियो । अग्नि मोटो इन्क अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्राप्त गर्न सकिन्छ । यसरी पहिलो १५ दिनमा रानी हार प्राप्त गर्नुहुने पहिलो विजेतामा भैसेँपाटीका बीरबहादुर तामाङ्ग कुपन नं. २२२ तथा माहिन्द्रा मोजो बाइकको लागि पथरी मोरङ्गका बुद्धिबल राई कुपन नं. एस सि ०११६ ले जित्नु भयो ।
त्यसैगरी नाडा अटो शोमा “भद्दय इलेक्ट्रिक कार भित्रभएको सही रकम उल्लेख गरी १२५ सिसिको महिन्द्रागोस्टो जितौ” भन्ने विशेष कार्यक्रमअन्तर्गत ४००० सहभागीमध्ये ४ जनाले सही रकम उल्लेख गर्नुभएको हुँदा ती ४ जना मध्येबाट पनि भाग्यशाली विजेताको रुपमा भगवती काफ्ले छनौट हुनुभएको थियो र वहाँले १२५ सिसिको गोस्टो बाइल जित्नुभयो ।
उक्त योजनाहरुमा सहभागी भएका व्यक्तिहरु त्था विजेताहरुलाई अग्नि ग्रुपले कृतज्ञता एवम् बधाई ज्ञापन समेत गरेको छ ।















प्रतिक्रिया