४ कार्तिक २०८३, बुधबार

नक्सालमा महिन्द्राको शोरुम, ग्राहकलाई सहज सेवा दिने लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर विक्रि गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्रममा हालै नक्शालमा आफ्नो शोरुम स्थापना गरेको छ ।

उक्त शोरुममा महिन्द्राको पिक अप गाडि मात्र राखिएको छ । उक्त शोरुमको उद्घाटन अरबिन्द म्याठु (चिफ अफ इन्टरनेशनल अपरेशन, महिन्द्रा एण्ड महिन्द्रा ) र सन्जय जादव (उपाध्यक्ष, इन्टरनेशनल अपरेशन, साउथ एसिया, महिन्द्रा एण्ड महिन्द्रा) ले गर्नुभएको छ ।

ग्राहकहरुलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले नक्शाल स्थित शोरुममा पिक अप गाडिमात्र राखिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै ग्राहकहरु माझ आफ्नो प्रस्तुतीलाई अभैm बलियो बनाउँदै आज नक्शाल स्थित शोरुमले शहरको मूख्य क्षेत्रबाटै ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स् प्रस्तुत गर्ने विश्वास कम्पनीले लिएको छ।

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पुर्याउँदै आई आप्mना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडिहरुको बिक्रेताको रुपमा आपूmलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।

अग्नि ईन्कर्पोरेटेड प्रा.लि नेपालको लागि महिन्द्रा एण्ड महिन्द्रा गाडीहरुको (एम् यु भि तथा ट्र्याक्टर) बेच्ने एक मात्र आधिकारिक विक्रेता हो । कम्पनीले हाल आएर नेपाल अधिराज्यभर आफ्ना विभिन्न डिलरहरु मार्फत् महिन्द्रा एण्ड महिन्द्रा गाडीको बिक्री वितरण गर्दै आएको छ । बिक्रीपछिको ग्राहकमुखी सेवा तथा स्पेयरपार्टहरुको सर्वसुलभता नै अग्नि ईन्कर्पोरेटेडको मुख्य विशेषता रहेको छ ।