
काठमाडौँ, ३ असोज । प्रदेश नम्बर २ को जारी मतगणनामा नेपाली काँग्रेसले सबैभन्दा धेरै ठाउँमा अग्रता लिइरहेको छ ।
मतगणना भइरहेका ३५ स्थानीय तहमध्ये नेपाली काँग्रेस ११, एमाले ८, माओवादी केन्द्र ७, राजपा ५ र समाजवादी फोरम ४ ठाउँमा अगाडि देखिएका छन् । बाँकी स्थानीय तहको पनि आजबाटै मतगणना सुरु हुँदैछ । ५ दिनभित्र सबै स्थानीय तहको मत परिणाम आइसक्ने बताइएको छ ।











प्रतिक्रिया