रौतहट, ३ असोज । स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईमा जारी मतगणनामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले रौतहटमा विजयी सुरुवात गरेका छन् ।
रौतहटको ईसनाथ नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेस र फतुहा विजयपुर नगरपालिका वडा नं. १ माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
ईसनाथ नगरपालिका वडा नं. १ का नेपाली काँग्रेसका उम्मेदवार विगु साहले ५४५ मत ल्याउदैं आफना प्रतिद्धन्दी संघिय समाजवादी फोरमका शिवजी यादवलाई पराजित गरी विजयी भए । उनका प्रतिद्धन्दी यादवले ३ सय ५५ मत पाए ।
यस्तै, रौतहटको फतुहा विजयपुर नगरपालिका वडा नं. १ मा माओवादी केन्द्रका उम्मेदवार संजय साह विजयी भएका छन् ।












प्रतिक्रिया